सोमपाल कामी राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित | Award

अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर सरकारले ९ खेलाडी र दुई प्रशिक्षकलाई सम्मान गरेको हो। क्रिकेटबाट सोमपाल पुरस्कृत भएका छन्। उनले १ लाख पुरस्कार राशीको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पाएका छन्।

यो पटक सरकारले कराँतेकी विमला तामाङ, क्रिकेटका सोमपाल, तेक्वान्दोका ज्ञानी चुनारा, एथलेटिक्सका विक्रमबहादुर राना र केशरी चौधरी, भलिबलकी विनिता बुढाथोकी र किक बक्सिङका दिवस श्रेष्ठलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित गरेको छ। पुरस्कार राशी १ लाख छ।

यस्तै एथलेटिक्सका सुनिल चौधरी र प्रतिभा चौधरी तथा कराँतेका प्रशिक्षक सञ्जु महर्जन र व्याडमिन्टनका प्रशिक्षक रजनी मैयाँ जोशी संयुक्त रुपमा सम्मानित भएका छन्। चारै जनाले जनही ५० हजार नदग पाएका छन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav