खेलकुद संघहरुले आन्तरिक विवाद नमिलाए हस्तक्षेप गर्ने सदस्यसचिव विष्टको चेतावनी |

काठमाडौं, श्रावण २३ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले खेलकुद संघहरुभित्र भएको आन्तरिक विवाद मिलाउन तीन महिनाको समय दिएका छन्।
उनले आफूले दिएको समयभित्र पनि विवादको समाधान नगरे आफूले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। नेपाल तेक्वान्दो संघको पोखरामा भएको वार्षिक साधारणसभाको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै
सदस्यसचिव विष्टले ‘दिएको समयभित्र विवाद नमिलाए हस्तक्षेप गरेरै भए पनि विवाद मिलाउने’ ठोकुवा गरे। उनले ‘राज्यको ढुकुटीबाट तलब खाएर काम नगर्ने खेलकुद संघ–संस्थाका कर्मचारी तथा पदाधिकारीलाईसमेत कारबाही गरेर देखाउने’ बताए। उनले प्रशिक्षक र खेलाडी बिनाको संघलाई खारेज गर्ने स्पस्ट पारे। सदस्यसचिव विष्टले सहारा क्लबले सन्चालन गरेको सहारा एकेडेमीको दीगो व्यवस्थापनका लागि सहयोग गर्ने आश्वासनसमेत दिएका छन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015