सिद्धान्त लोहनी र राजु रिजाल "ब्याट फर नेपालमा"

ब्याट फर नेपाल अभियान अन्तर्गत विश्व ११ सँग हुने खेलका लागि पारस खड्काको कप्तानीमा १३सदस्यीय नेपाली टोली घोषणा भएको छ। आइतबार किनरारा ओभलमा हुने खेलमा विश्व ११ को कप्तानी भने श्रीलंकाका लेजेन्ड सनथ जयसूर्याले गर्नेछन्।


लेजेन्डहरुसँगको खेलका लागि नेपाली टोलीमा यू-१९ का कप्तान राजु रिजाल सफल भएका छन्। पहिलो पटक सिनियर टोलीमा मौका पाएका उनले विकेट किपरको भूमिका निभाउने छन्। भुवन कार्की र मेहबुब आलमले पुनरागमन गरेका छन्। टी-२० विश्वकप छनोटमा जर्सीविरुद्ध डेब्यू गर्दै राम्रो प्रभाव छोडेका सिद्धान्त लोहनी पनि टोलीमा परेका छन्।


क्यान ११ नाम दिइएको नेपाली टीमको अन्य सदस्यमा ज्ञानेन्द्र मल्ल, सदर भेसवाकर, राजेश पुलामी मगर, सोमपाल कामी, अनिल मण्डल, शक्ति गौचन र करन केसी छन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav