सेञ्चुरी कर्पोरेट बैंक सुपर सिक्स क्रिकेट प्रतियोगिता असोज ९ देखि हुने | Century Corporate Bank Cricket Super Six

काठमाडौं, भदौ ९ – आउँदो असोज ९ देखि १३ गतेसम्म दोस्रो सेञ्चुरी कर्पोरेट बैंक सुपर सिक्स क्रिकेट प्रतियोगिता राजधानीमा सञ्चालन हुने भएको छ।

एसएस इभेन्टस प्राइभेट लिमिटेड कम्पनीको आयोजनामा हुने प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने बुधबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा आयोजक कम्पनीका प्रमुख कार्यकारी निर्देशक रमन सिवाकोटीले जानकारी दिनुभयो।

विभिन्न २४ टिमले भाग लिने प्रतियोगिताको लागि झण्डै २५ लाख खर्च लाग्ने कार्यकारी निर्देशक सिवाकोटीको भनाई छ। प्रतियोगिताको लागि सेञ्चुरी बंैकले यसअघि नै छ लाख रुपैयाँको प्रायोजन गरिसकेको छ।

बैंकका कार्यकारी निर्देशक जीवन भट्टराईले क्रिकेट खेलले धेरै नै सफलता हासिल गरेको हुनाले पनि क्रिकेट खेलको विकासका लागि प्रायोजन गरेको बताउनुभयो ।अघिल्लो संस्करणमा १८ टोलीले भाग लिएको प्रतियोगिताको उपाधि सिभिल बैंकले जितेको थियो। प्रतियोगितामा सहभागी खेलाडी २५ वर्ष पुरा भएको हुनुपर्ने आयोजकले जनाएको छ। 

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav