श्रीलंकाविरुद्ध भारतको १५७ रनको अग्रता तस्वीरः एजेन्सी  | Cricket Test Match

काठमाडौं, भदौ ५ । श्रीलंकाविरुद्ध कोलम्बोमा जारी दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङमा भारतले ८७ रनले अग्रता लिएको छ। पहिले ब्याटिङ गरेको भारतले लोकेश राहुलको १ सय ८ रनको मद्दतले ३ सय ९३ रन बनाएकामा श्रीलंकाले एन्जेलो म्याथ्युजको १ सय २ रनको मद्दतले ३ सय ६ रन बनाएको थियो।

कसिलो बलिङ गर्नेक्रममा अमित मिश्राले ४३ रन खर्चेर ४ विकेट लिए।जवाफमा मैदानमा उत्रिएको भारतले तेस्रो दिनको समाप्तिसम्म १ विकेट गुमाएर ७० रन जोडेको छ। १ सय ५७ रनको अग्रता बनाइसकेको भारतका लागि मुरली विजय ३९ तथा अजिन्क्या रहाने २८ रनमा अविजित छन्। तीन खेलको श्रृंखलाको पहिलो खेल जितेर श्रीलंकाले प्रारम्भिक अग्रता लिएको छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015