भारतलाई जित्न १ सय ५३ आवश्यक | Cricket Test Match

गाले, श्रावण २९ - भारत श्रीलंकाविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार जित नजिक पुगेको छ। उसलाई आफ्नो दोस्रो इनिङ्समा जितका लागि सय १ सय ५३ रन आवश्यक रहेको छ। भारतले चौथो दिन एक विकेट गुमाएर २३ रनबाट अगाडि खेल्न सुरु गर्नेछ। भारतले समग्रमा १ सय ७६
रनको लक्ष्य पाएको थियो। भारतका लागि प्रारम्भिक ब्याट्सम्यान शिखर धवन १३ रनमा नटआउट छन्। उनलाई नाइटवाचम्यान इशान्त शर्माले पाँच रन बनाएर खेलिरहेका छन्। यसअघि श्रीलंका आफ्नो दोस्रो इनिङ्समा ३ सय ६७ रन बनाएर अलआउट भएको थियो। त्यसमा दिनेश चन्डिमले सर्वाधिक १ सय ६२ रन बनाए र अन्त्यसम्म नटआउट रहे। उनले १९ चौका र चार छक्का प्रहार गरे। श्रीलंकाले आफ्नो पहिलो इनिङ्समा १ सय ८३ रन बनाएयता भारतले त्यसका जवाफमा ३ सय ७५ रन जोडेको थियो।

Comments

Popular posts from this blog

TU scraps connection to National Medical College

Brazil leading by 2 goals