संगकारा सन्न्यास लिँदै भारत स्वतन्त्रता दिवशकै दिन हार्यो | Cricket Test Match

गाले, श्रावण ३० - भारतविरूद्धको पहिलो टेष्टमा श्रीलंकाले शनिबार ६३ को जित दर्ता गरेको छ। संयोगले यो हार भारतको ६९ औं स्वतन्त्रता दिवशकै दिनमा परेको छ। जितसँगै श्रीलंकाले तीन खेलको टेष्ट श्रंखलामा १–० को अग्रता पनि लिएको छ। पहिलो इनिङ्समा शानदार ब्याटिङ गरेको भारत दोस्रो इनिङ्समा १ सय १२ रनमै समेटियो। भारतले पहिलो टेष्ट जितका लागि एक सय ७६ रनको लक्ष्य पाएको थियो। तर रंगना हेराथले ७ विकेट लिएपछि भारतले सानो लक्ष्यलाई पनि भेट्टाउन सकेन।यस अघि पहिलो इनिङमा कमजोर प्रदर्शन गर्दै श्रीलंका १ सय ८३ रनमा अलआउट भएको थियो। भारतले भने पहिलो इनिङ्समा ३ सय ७५ रन जोडेको थियो। तर दोस्रो इनिङ्समा घरेलु टिम श्रीलंका खेलमा फर्कियो। उसले ३ सय ६७ रन जोड्दै बलियो स्थितीमा पुगेको थियो।पहिलो टेष्टको जितसँगै श्रीलंकाको भेट्रान ब्याट्सम्यान कुमार संगाकाराको विदाई खराब नहुने पक्का भएको छ। किनकी तीन टेष्टको शृंखलामा श्रीलंका १–० ले अघि छ। दोस्रो टेष्टमा संगकाराले बिदाई लिँदै छन्। श्रीलंकाले खेल जिते वा खेल बराबरी भए पनि शृंखलामा घरेलु टिम पछि पर्ने छैन।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015