नेपाल स्कटल्याण्डसँग ९ विकेटले पराजित |Cricket

काठमाडौं, साउन १६ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्ड विरुद्धको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ। शुक्रबार वर्षाले रोकिएको नेपाल र स्कटल्याण्डबीचको खेल शनिबार फेरि भएको हो।


रोकिएकै स्थितिबाट शनिबारको खेल फेरि सुरु भएको थियो। जस अनुसार स्कटल्याण्डले जितका लागि २० दशमलव २ ओभरमा ९५ रन बनाउनु पर्ने थियो। उसले १४ औं भरमा मात्रै १ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका सोमपाल कामीले एक विकेट लिए। स्कटल्याण्डले शुक्रबार वर्षाले खेल रोकिनु अघि १ दशमलव ४ ओभरमा १५ बनाएको थियो। स्कटल्याण्डले वर्षाका कारण २२ ओभरमा १ सय १० रनको लक्ष्य पाएको थियो। स्कटल्याण्डको आयरमा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर १ सय ६७ रन मात्र बनाएको थियो।


जस अनुसार स्कटल्याण्डले १ सय ६८ रन बनाउनु पर्ने भएपनि वर्षाका कारण प्रभावित भएको खेलमा स्कटल्याण्डले डकवर्थ लुइस नियमका आधारमा २२ ओभरमा १ सय १० रनको लक्ष्य पाएको थियो। नेपाली ब्याटिङ निक्कै फितलो रह्यो। नेपालका लाग शरद भेषावकरले सबैभन्दा धेरै ३० रन बनाए। बसन्त रेग्मी १९ तथा अविनाष कर्ण १७ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र पृथु बास्कोटा समान १६ रन बनाएर आउट भए। कप्तान पारस खड्काले १० रन बनाए। अरु ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। पहिलो खेलमा पनि नेपाल ३ रनले पराजित भएको थियो। ८ टिम सहभागी यो प्रतियोगितामा नेपालले पहिलो चरणमा स्कटल्याण्डको भ्रमण गरेको हो। २ वर्षसम्म होम एण्ड अवेका आधारमा चल्ने प्रतियोगिताको शीर्ष ४ मा पर्ने टोलीले सन् २०१९ को विश्वकप क्रिकेटको छनौट खेल खेल्न पाउने छन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner