१० दक्षिणी अफ्रिकी खेलाडी बिरामी | Cricket

केप टाउन- भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकी क्रिकेट टोलीका १० खेलाडी 'फुड प्वाइजनिङ' का कारण अस्पताल भर्ना भएका छन्। तिमध्ये तीन खेलाडी आइतबार खेलदौरान नै विरामी पर्दा भ्रमणकारी टोलीले विपक्षी टिमका एक फिल्डरलाई मैदानमा उभ्याउनु परेको थियो।

खेलाडीहरु सामुहिक रुपमा विरामी परेपछि एकदिवसीय शृंखलाअन्तर्गत दक्षिण अफ्रिका ए को अस्ट्रेलियाविरुद्ध सोमबार हुने खेल मंगलबारलाई सरेको छ। शनिबार राती नै दक्षिण अफ्रिकी टोलीका आधा खेलाडी विरामी भइसकेका थिए। जसका कारण चेन्नईमा जारी त्रिकोणीय शृंखलामा आइतबार दक्षिण अफ्रिकी टोलीले भारतीय फिल्डर माग्नु परेको थियो।

टिममा स्वस्थ खेलाडी नभएका कारण रेजा हेन्डरिक्स, एमथोकोजिसी शेजी र खाया जोन्डोले विरामी भए पनि आइतबार खेल्नु परेको थियो। तर खेल्दा खेल्दै गाह्रो भएपछि उनीहरुलाई मैदानबाटै अस्पताल पुर्याेउनु पर्योइ। पेटको समस्या बढेर अस्पताल लानुअघि तिब्र गतिका बलर जोन्डोले चार ओभर बलिङ गरेका थिए। तीन खेलाडीलाई अस्पताल लगेपछि दक्षिण अफ्रिकाले सुरुमा भिडियो विश्लेशक हेन्ड्रिकुस कोइरट्जनलाई फिल्डिङमा पठाएको थियो। पछि भारतका एक खेलाडीले उनको ठाउँ लिए।

Comments

Popular posts from this blog

PM Deuba urges people to stand adjoining feasible totalitarianism

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time