भूकम्प पीडितको सहयोगार्थ मलेसियामा क्रिकेट प्रतियोगिता हुने  | Cricket

काठमाडौं, श्रावण २० । बैशाख १२ को गोरखा भूकम्पका पीडितको सहयोगार्थ रकम संकलन गर्न मलेसियामा साउन २४ गते हुने मैत्रिपूर्ण क्रिकेटका लागि टिम घोषणा गरिएको छ। मलेसियाली क्रिकेट बोर्डले नेपाल क्रिकेट संघसँग सहकार्य गर्दै क्यान–११ र विश्व–११ टिमबीच मैत्रिपूर्ण क्रिकेट गराउन लागेको हो। 


क्यान–११ टिममा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, महबुब आलम, राजेश पुलामीमगर, सोमपाल कामी र अनिल मण्डल छन्।१३ जनाको क्यान टिममा सिद्धान्त लोहनी, राजु रिजाल, शक्ति गौचन, भुवन कार्की, अविनाश कर्ण र करण केसी पनि अटेका छन्। 


यता, विश्व ११ को कप्तानी श्रीलंकाका पूर्व कप्तान सनथ जयसूर्याले गर्दैछन्। जयसूर्याले क्रिकेट खेलेर भूकम्प पीडितलाई सघाउने मौका पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्। अन्य खेलाडीमा पाकिस्तानी विकेटकिपर रसिद लतिफ, बंगलादेशी खेलाडीहरु अमिनुल इस्लाम, सोहाग गाजी र अब्दुर रज्जाक छन्।


त्यस्तै भारतीय खेलाडी विनुगोपाल रावो, अष्ट्रेलियाका खेलाडीद्धय मार्कस स्टोनिस र स्टिभ ओकिफ, सिंगापुरका चेतन सूर्यवंशी तथा मलेसियाका खेलाडीहरु सुरेश नभरत्नम र अहमद फैज रहेको नेपाल क्रिकेट संघले जनाएको छ। मैत्रिपूर्ण खेल ‘ब्याट फर नेपाल’ नामबाट खेलिँदै छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015