नेपालमा हुने भनिएको यु १९ विश्वकप क्रिकेटको छनौट मलेसिया सारियो | Cricket

काठमाडौं, साउन २१ –  उन्नाईस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटको छनौट खेल मलेसियामा हुने भएको छ। यसअघि नेपालमा हुने भनिएको प्रतियोगितामा मलेसियाको क्वालालम्पुरमा गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले जनाएको छ।

आउँदो अक्टोबर १४ देखि २३ अर्थात आउँदो असोज २७ देखि कात्तिक ६ गतेसम्म हुने प्रतियोगिता यसअघि काठमाडौंमा हुने तय भएको थियो। वैशाख १२ गते गएको भूकम्प र त्यसपछि चलिरहेको राहत तथा पुनर्निर्माणको कामलाई ध्यानमा राख्दै प्रतियोगिता नेपालमा नभई मलेसियामा गर्ने निर्णय गरेको आइसिसीले जनाएको छ।

प्रतियोगिता स्थल काठमाडौंबाट परिवर्तन गर्ने निर्णय गर्नु अघि नेपाल क्रिकेट संघ क्यानसँग छलफल गरेको पनि आइसिसीले उल्लेख गरेको छ। प्रतियोगितामा नेपाल सहित आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिका सहभागी हुनेछन्। आउँदो अक्टुबरमा हुने बोर्ड बैठकमा नेपालको क्रिकेट संरचना विकासका लागि गर्ने सहयोगका बारेमा छलफल हुने पनि आइसिसीले जनाएको छ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015