अष्ट्रेलियन क्रिकेट कप्तान माइकल क्लार्कद्वारा सन्यासको घोषणा | CRICKET

साउन २३ – अष्ट्रेलियन क्रिकेट कप्तान माइकल क्लार्कले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको छन्। उनले इंग्ल्याण्डमा जारी एसेस टेष्ट श्रृखलापछि अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका
हुन्। चौथो टेष्टमा १ इनिङ र ७८ रनले हारेपछि च्यानल नाइन टेलिभिजनसँग कुरा गर्दै उनले इंग्ल्याण्डसँगको पाँचौ टेष्ट आफ्नो खेल जिवनको अन्तिम खेल हुने बताउ। पाँचौ टेष्ट भदौ ३ गते द ओभलमा सुरु हुने छ। आफूले खेलबाट भाग्न नचाहेको तर जारी एसेस श्रृखलामा र पछिल्लो एक वर्षमा साह्रै खराव खेलेको स्वीकार गर्दै उनले भने ‘यो मेरा लागि स्वीकार्य भएन।’ ३
वर्ष उपकप्तान रहेका क्लार्कले सन् २०११ मा तत्कालिन कप्तान रिकी पोन्टिङको ठाउँ लिएका थिए। ३४ वर्षका क्लार्कले नयाँ पुस्तालाई मौका दिन पनि आफूले सन्यासको निर्णय गरेको स्पष्ट पारे। उनले आउँदो वर्षको एसेस श्रृखलाका लागि नयाँ कप्तानलाई टिम तयार गर्न पनि आफूले अहिले नै ठाउँ खाली गर्नु परेको बताए। क्लार्कले १ सय १४ टेष्टमा ८ हजार ६ सय २८ तथा २ सय ४५ एक दिवसीय क्रिकेटमा ७ हजार ९ सय ८१ रन बनाएका छन्। पार्ट टाइम बलरसमेत रहेका क्लार्कले ३१ वटा टेष्ट विकेट लिएका छन्। एक दिवसीय क्रिकेटमा भने उनले ५७ विकेट हात पारेका छन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav