एसेज श्रृंखला इंग्ल्यान्डद्धारा कब्जा, चौथो खेलमा अष्ट्रेलिया एक इनिङ र ७८ रनले पराजित | Cricket

काठमाडौं, श्रावण २३ । अष्ट्रेलियाविरुद्धको एसेज टेस्ट क्रिकेट श्रृंखला इंग्ल्यान्डले जितेको छ।नटिंघममा भएको चौथो खेल एक इनिङ र ७८ रनले जितेको इंग्ल्यान्डले पाँच
खेलको श्रृंखलामा ३–१ को अग्रता लिँदै एक खेल खेल्न बाँकी छँदै श्रृंखलामाथि कब्जा जमाएको हो। आक्रामक बलिङ र ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङमा अष्ट्रेलियालाई ६० रनमै रोकेको थियो। जवाफमा इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३ सय ९१ रन बनाएर इनिङ समाप्तिको घोषणा गर्दै अष्ट्रेलियालाई दोस्रो इनिङ्ग खेल्न दिएको थियो। पहिलो इनिङ्गमा ३ सय ३१ रनले पछिपरेको अष्ट्रेलियाले दोस्रो इनिङमा तुलनात्मक रुपमा सुधार गर्दै २ सय ५३ रन बनाए पनि इनिङ हारबाट भने बच्न सकेन ।
इंग्ल्यान्डले तेस्रो दिनको खाना समयअघि नै खेल जितेको हो। पहिलो इनिङमा ८ विकेट लिएका स्टुवार्ट ब्रोडले दोस्रो इनिङमा १ विकेटमात्र लिए पनि बेन स्टोक्सले ६ तथा मार्क उडले ३ विकेट झारे । खेलमा एकमात्र शतक जोड्नेक्रममा जो रुटले १ सय ३० रन बनाएका थिए। श्रृंखलाको अन्तिम तथा पाँचौं खेल भदौ ३ गतेदेखि लन्डनमा हुनेछ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism