ब्याट्सम्यान सुवास खकुरेल अस्ट्रेलियाको प्रिमियर लिग खेल्ने | GKCC

अष्ट्रेलियाको प्रिमियर लिग क्रिकेट खेलिरहेका सुनाम गौतमले खुकुरेललाई अष्ट्रेलियामा लिग खेल्ने अवसर मिलाएका हुन्। अष्ट्रेलियाको मेलबर्नमा आगामी अक्टोबर चारदेखि सुरू हुने नयाँ सिजनका लागि खकुरेल ग्रिनभेल कंगारूमा आवद्द भएर लिग खेल्ने भएका हुन्।

नेपाली खेलाडीले पनि मौका पाए ब्यवसायीक क्रिकेटमा चौका हान्न सक्छन् भन्ने कुरा केहि विदेसिएका नेपाली क्रिकेटरहरुले प्रमाणित गरेका छन्। क्रिकेटमा नम्बरी देशका रूपमा चिनिएको अस्ट्रेलियामा व्यवसायीक क्रिकेट खेल्नु चानचुने कुरा होइन। नेपालजस्तो विकासोन्मुख मुलुकका खेलाडीले यहाँ व्यवसायीक क्रिकेट खेल्नु भनेको फलामको चिउरा चपाउनु बराबर हो। तरपनि यशवन्त सुबेदी र सुनाम गौतमले भिक्टोरियाको लिग क्रिकेटमा भएपनि ब्यवसायीक क्रिकेट खेलेर नेपालमा पनि राम्रो क्रिकेट खेलीन्छ भन्ने छाप छोडिसकेका छन्।

नेपालवाट यु१९ विश्वकपमा ह्याट्रिक गरेका यशवन्तले प्रारम्भको तीन वर्ष यहाँको क्लबमा क्रिकेट खेलेर आराम लिएपनि राष्ट्रिय क्रिकेटर सुनामले त्यसलाई निरन्तरता दिएका छन्। अस्ट्रेलियाकेा भिक्टोरियालाई कर्मभूमी बनाउँदै आएका सुनामले एक कदम अगाडि बढेर स्टेट प्रिमियर डिभिजनमा राम्रो प्रर्दशन गरिसकेका छन्। यसअघिको सिजनमा फुट्क्रे एजवाटरवाट उत्कृष्ट प्रर्दशन गरेका सुनाम यतिखेर ग्रिनभेल कंगारूमा आवद्ध भएर प्रिमियर डिभिजनमा आफ्नो कला प्रर्दशन गरिहेका छन्।

उनलाई सुनामले नै उनको क्लब ग्रीनभेल कंगारूमा आवद्ध गराएका हुन्। नयाँ सिजन यही अक्टोबर चार तारिखदेखि मेलवर्नमा प्रारम्भ हुँदैछ। उनी सोही क्लबको प्रारम्भीक ब्याटिङ लाइनमा सामेल हुनेछन्।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals