सांगाकाराको अन्तिम टेष्टमा श्रीलंका पराजित | Kumar Sangakara

भदौ, काठमाडौं । लेजेन्ड कुमार सांगाकाराको करियरकै अन्तिम टेष्टमा श्रीलंका भारतसँग २७८ रनले पराजित भएको छ। यससँगै भारतले तीन म्याचको सिरिजमा १-१ को बराबरी गरेको छ। भारतले जितका लागि ४१३ रनको लक्ष्य दिएको थियो। तर, श्रीलंका १३४ रनमा अल आउट भयो। २ विकेटको क्षतिमा बनाएको ७२ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको श्रीलंका थप ६२ रन जोड्दा बाँकी ८ विकेट गुमायो। उमेश यादवको पहिलो बलमै एन्जेलो म्याथु २३ रनमा आउट भए। त्यसपछि श्रीलंकाले लगातार विकेट गुमायो।

यो श्रीलंकाली लेजेन्ड कुमार सांगाकाराको अन्तिम टेष्ट थियो । तर, उनले १८ रन मात्र बनाए। पहिलो पारीमा भारतले ३९३ रन बनाएको थियो भने श्रीलंकाले ३०६ रन बनाएको थियो। भारतले ३२५ रनमा दोस्रो पारी समाप्तीको घोषणा गरेको थियो।

विराट कोहलीको कप्तानीमा भारतले पहिलो पटक टेष्ट म्याच जितेको छ। पहिलो पारीमा शतक बनाएका भारतका लोकेश राहुल म्यान अफ दि म्याच बने।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner