माईकल क्लार्कको सुखद सन्यास । Michael Clarke | Ashes Test

काठमाडौं । एसेजको अन्तिम टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई एक इनिङ र ४६ रनले पराजित गरेको छ। हारका बाबजुत इंग्ल्याण्डले ३-२ ले एसेज सिरिज जितेको छ यसअघि नै सिरिज गुमाएको अष्ट्रेलियाले करियरको अन्तिम टेष्ट खेलिरहेका कप्तान माइकल क्लार्कको सुखद विदाइ गरेको छ।

३३२ रनले फलोअनमा परेको इंग्ल्याण्ड दोस्रो पारीमा २८६ रनमा अलआउट भयो। ६ विकेटको क्षतिमा बनाएको २०३ रनबाट चौथो दिनको खेल थालेको इंग्ल्याण्डले थप ८३ रन जोड्दा बाँकी ४ विकेट गुमायो। जोस बट्लर ४२ र मोइन अली ३५ रनमा आउटभए। कप्तान एलेस्टर कुकले ८५ रन बनाए। अष्ट्रेलियाका पिटर सिडलले ४ विकेट लिए भने नाथन लायन र मिचेल मार्सले २-२ विकेट हात पारे।

पहिलो पारीमा अष्ट्रेलियाले ४८१ रन बनाएको थियो भने इंग्ल्याण्ड १४९ रनमा अलआउट भएको थियो। करियरको अन्तिम टेष्टमा क्लार्क भने चल्न सकेनन्। उनले मात्र १५ रन बनाए।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015