पारस खड्का किन कप्तान? | Nepal Cricket | Interview

राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेसँगको कुराकानी:

नेपाली टोलीमा कप्तान र प्रशिक्षकबारे अब पुनर्विचार गरिनुपर्छ भन्ने पनि चर्चा सुनिन थालेको छ नि?
=>>मैले नेपाली क्रिकेटलाई माया गरेर यहाँ बसेको हो। मभन्दा राम्रा प्रशिक्षक हुन सक्लान्, राम्रो नतिजा पनि आउन सक्ला। यो सबै नेपाल क्रिकेट संघमा निर्भर छ। तर कप्तानको कुरा गर्नुहुन्छ भने पारस नेपालका मात्र होइन एसोसिएट राष्ट्रकै उत्कृष्ट कप्तान हुन्। पारस यस्ता खेलाडी हुन्, जसले राम्रो खेले भने नेपालले जित्छ। नेपाली क्रिकेटलाई यहाँसम्म ल्याउन उनको महत्तवपूर्ण योगदान छ। त्यसैले कप्तान परिवर्तन गर्ने कुरा म अहिले सोच्न पनि सक्दिनँ। नेपाललाई अझै तीनचार वर्ष पारसको कप्तानी आवश्यक छ।

खेलाडी छनोटमा प्रशिक्षक र कप्तान हावी भए भन्ने पनि चर्चा छ नि?
=>> नेपाली क्रिकेट अहिले समस्यामा छ, त्यसैले फाइदा उठाउन खोज्नेले प्रयास पनि गर्दैछन्। पहिलो कुरो, नेपाली क्रिकेटलाई माया गर्ने बाहेक यहाँको क्रिकेटसँग मेरो अन्य कुनै पनि स्वार्थ गाँसिएको छैन।

धेरैले सिद्धान्त लोहनीलाई किन नखेलाएको भन्ने कुरा निकै सुनेको छु। सिद्धान्तलाई टोलीमा राखेको पनि हामीले नै हो। उनी राम्रा खेलाडी हुन् तर, हामीले हरेक खेलमा उत्कृष्ट टोली उतारेका थियौं त्यसमा हामीले विभिन्न पक्षलाई ध्यानमा राखेका थियौं। हामीले उनलाई औपचारिकतामा आधारित खेलमा अवसर दियौं। त्यसैले नै उनले दबाबरहित भएर खेले र खेलप्रेमीको मन पनि जिते। यो उनका लागि ठूलो कुरा हो।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism