माछापुच्छ्रे र राइजिङ फाइनलमा | Nepal Women's Cricket League


पोखरा: माछापुच्छ्रे क्रिकेट क्लब पोखरा र राइजिङ क्रिकेट फर उमन क्लब काठमाडौं महिला क्रिकेट लिगको फाइनलमा पुगेका छन्। पोखराको नगर विकास प्रशिक्षण केन्द्रको खेलमैदानमा बिहीबार भएको खेलमा आरण्यज्योति क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै माछापुच्छ्रे फाइनलमा पुगेको हो। 

राइजिङ पनि आरण्यज्योतिलाई नै हराएर फाइनलमा पुगेको हो। प्रतियोगिताको फाइनल खेल शुक्रबार खेलिनेछ।टस जितेर ब्याटिङमा ओर्लिएको आरण्यज्योतिले माछापुच्छ्रेलाई ६१ रनको लक्ष्य दिएको थियो। आरण्यज्योतिकी प्रभा नेपालीले १८ र दीक्षा बरालले १५ रन बनाए। आरण्यज्योतिलाई सस्तोमा समेट्ने क्रममा माछापुच्छ्रेकी बलर शर्मिला मगरले तीन र इन्दु बर्माले दुई विकेट लिए।

जवाफी ब्याटिङमा ओर्लिएको माछापुच्छ्रेले १० ओभरमै चार विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो। माछापुच्छ्रेका लागि मधु थापाले १२, इन्दु बर्माले अविजित ११ र शोभा आलेले अविजित नौ रनको योगदान गरे। इन्दु बर्मा प्लेयर अफ द म्याच घोषित भइन्।

राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान ममता थापा, शोभा आले, इन्दु बर्मा र सरिता मगरसहित पाँचजना खेलाडी लिएर मैदानमा ओर्लिएको माछापुच्छ्रे र रेखा रावल, अञ्जली भण्डारीसहित तीनजना राष्ट्रिय खेलाडी रहेको राइजिङबीचको फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। 

प्रतियोगितामा च्याम्पियन हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट बलर र सर्वोत्कृष्ट ब्याट्सउमनलाई पनि ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।  महिला क्रिकेटको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकमध्येको एक माछापुच्छ्रे क्रिकेट क्लबका अध्यक्ष दीपेश खत्रीले बताए। प्रतियोगिता राइजिङ क्रिकेट फर उमन क्लब काठमाडौं र माछापुच्छ्रे क्रिकेट क्लब पोखराले संयुक्त रूपमा आयोजना गरेका हुन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism