न्यूजिल्याण्ड १० विकेटले विजयी| ODI CRICKET

जिम्बाबे विरुद्धको पहिलो एक दिवसीय म्याचमा ७ विकेटले पराजित भएको न्यूजिल्याण्डले दोस्रो म्याचमा मंगलबार शानदार पुनरागमन गर्दै कीर्तिमानी जितहात पारेको छ। टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २३५ रन बनाएको थियो। २३६ रनको लक्ष्य पाएको न्यूजिल्याण्डले विना विकेटको क्षतिमा जित हात पारेको हो।


न्यूजिल्याण्डका प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिल र टमलथमले अविजितशतकीय पारी खेलेका थिए। गुप्टिलले ११६ र लथमले ११० रन बनाए। जिम्बाबेका लागि सिकन्दर रजाले अविजित १०० रन बनाएका थिए। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमलेविना विकेटको क्षतिमा यति ठूलो लक्ष्य पछ्याउँदै जित हात पारेको यो पहिलो अवसर हो। यस अघि श्रीलंकाले सन् २०११ मा विश्वकप क्वार्टर फाइनलमा
इंग्ल्याण्डविरुद्ध २३१ रनकोलक्ष्य पछ्याउनेक्रममा विकेट नगुमाइ जित हात पारेको थियो।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav