तीन पाकिस्तानी क्रिकेटरको प्रतिवन्ध फुकुवा | Pakistan Cricket

काठमाडौं । स्पट फिक्सिङमा मुछिएका पाकिस्तानका तीन क्रिकेट खेलाडीमाथीको प्रतिवन्ध अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फुकुवा गरेको छ। तीनै जनाले आगामी २ सेप्टेम्बरबाट राष्ट्रिय- अन्तर्राष्ट्रिय सबै प्रकारको क्रिकेट खेल्न पाउने छन् ।



सन् २०१० मा ईंग्ल्याण्ड भ्रमणमा रहँदा स्पट फिक्सिङ गरेको आरोपमा आईसीसीले उनीहरुलाई कारवाही गरेको थियो। तत्कालिन पाकिस्तानी कप्तान सलमान बटलाई १० वर्ष (पाँच वर्ष निलम्बन) बलर मोहम्मद आसिफलाई ७ वर्ष (२ वर्ष निलम्बन) र अर्का बलर मोहम्मद आमिरलाई ५ वर्षका लागि कुनै पनि स्तरको क्रिकेट खेल्न रोक लगाइएको थियो।

तीन खेलाडीका साथै उनीहरुका एजेन्ट मजहर मजिदलाई पनि लण्डनको अदालतले दोषि ठहर्याएको थियो। उनीहरु सबैमाथि अवैध रकम लिएर लर्डस् टेस्टमा नियोजित किसिमले नो बल फालेको अभियोग थियो।

Comments

Popular posts from this blog

Media society serious exception to obstruction at media houses

Thor Gets Another Haircut