भारतविरुद्ध संगकराको बिदाई सिरिज | Sangakara's Cricket News

गाले, श्रावण २६ - भारतले बुधबार सुरु हुने तीन टेस्टको पहिलो खेलमा श्रीलंकाको सामना गर्दा त्यस भूमिमा २२ वर्षयता पहिलो सिरिज जितको उद्देश्य राख्नेछ। यो कुमार संगकराको बिदाइ सिरिज पनि हुनेछ। श्रीलंकाली क्रिकेटका लागि महान् ब्याट्सम्यान मानिएका संगकराले १२ हजार ३ सय ५ रन बनाएका छन्। उनी अहिले सक्रिय खेलाडीमध्ये सर्वाधिक रन बटुल्ने ब्याट्सम्यानमा पर्छन्।

सिरिजको सुरुआती दुई टेस्टपछि उनी संन्यास लिने क्रममा छन्। भारतीय कप्तान विराट कोहलीले आफ्नो टिमले ३७ वर्षीय संगकरालाई अविस्मरणीय बिदाइ दिने योजना रहेको बताएका छन्। उनको यो पनि योजना रहेको छ, बायाँ हाते यी ब्याट्सम्यानलाई खुलेर खेल्नबाट रोक्ने। ‘उनी क्रिकेटका अब्बल दर्जाका खेलाडी हुन्, उनको उत्तिकै ठूलो बिदाइ हुनुपर्छ,’ कोहलीले भनेका छन्।

‘तर हामी चाहन्छौं, संगकराको विकेट सकेसम्म सस्तोमा खसे हुन्थ्यो,’ उनले थपे। संगकराको बिदाइ सिरिज रहेको हुँदा सबै ध्यान उनमै केन्द्रित हुने तय छ। तर भारत चाहन्छ, यसले कम्तीमा सन् १९९३ यता श्रीलंकाली भूमिमा पहिलो टेस्ट सिरिज जित्ने योजना तुहिनुहुन्न। भारतले अन्तिम पटक मोहम्मद अजहरुद्दिनको नेतृत्वको टिमले श्रीलंकामा टेस्ट सिरिज जितेको थियो।

त्यसयता भारतले श्रीलंकामा चार सिरिज खेलेको छ। त्यसमध्ये सन् २००१ र २००८ मा पराजित रहेको थियो भने सन् १९९७ र २०१० मा सिरिज बराबरीमा टुंगेको थियो। भारत अहिले पाँच वर्षपछि श्रीलंकामा खेल्दैछ। यस्तोमा वर्तमान भारतीय टिमका १५ खेलाडीमध्ये ११ सँग श्रीलंकाविरुद्ध उसकै भूमिमा खेलको अनुभव छैन। त्यसमा कप्तान कोहली पनि पर्छन्।

प्रारम्भिक ब्याट्सम्यान मुरली विजय तथा बलर हरभजन सिंह, इशान्त शर्मा र अमित मिश्रसँग त्यो अनुभव रहेको छ। आधुनिक क्रिकेटका आक्रामक ब्याट्सम्यान मानिने कोहली पहिलोपल्ट पूरा टेस्ट सिरिजमा कप्तानी गर्दै छन्। गत वर्ष अस्ट्रेलियामा भएको सिरिजको बीचमा धोनीले संन्यास लिएका थिए। भारत फेरि एकपल्ट भारतीय उपमहाद्वीपमा खेल्दैछ।

यसअघि भारतले दक्षिण अफ्रिका, न्युजिल्यान्ड, इंग्ल्यान्ड र अस्ट्रेलियामा भएका सिरिज लगातार गुमाएको थियो। ‘हामी यहाँ सकारात्मक क्रिकेट खेल्न आएका छौं,’ कोहलीले भने, ‘सकारात्मक नियतले क्रिकेट खेल्दा इतिहास र पछिल्लो तथ्यांकले काम गर्दैन। अहिले हामी नयाँ टिम बनाउने प्रक्रियामा छौं र यो सिरिज पनि त्यसैको एक भाग हो। हामी अहिले प्रतिस्पर्धात्मक टिम भइसकेका छौं।’

भारत जस्तै श्रीलंका पनि टिम पुनर्निर्माणको बाटोमा छ। मुथैया मुरलिधरन र महेला जयबर्द्धनेपछि अब संगकराले पनि संन्यास लिंदै छन् र पूरा टिम अहिले नयाँ खेलाडीको काँधमा छ।

श्रीलंका हालै मात्र पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा २–१ ले पराजित रहेको थियो। कप्तान एन्जेलो म्याथ्युज पनि मान्छन्, ‘हाम्रो टिम पनि नयाँ छ र हामी पनि सिक्ने प्रक्रियामा छौं।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals