क्रिकेटका दुई स्टार खेलाडीको संन्यास  |  Sporting Carrier

काठमाडौं,  भारत र श्रीलंकाबीचको टेस्ट क्रिकेट श्रृंखलाअन्तर्गत् कोलम्बोमा दोस्रो टेस्ट जारी छ। कोलम्बोमा टस जितेर पाहुना टोली भारतले ब्याटिङ गरिरहेको छ।पहिलो टेस्टमा सनसनीपूर्ण जित निकाल्दै घरेलु टोली श्रीलंकाले ३ खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ। जारी टेस्ट श्रीलंकाका महान विकेट किपर ब्याट्सम्यान कुमार सांगाकाराको अन्तिम टेस्ट हुने छ।

सांगाकाराले यो टेस्टसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषण गरी सकेका छन्। श्रीलंकन ‘लेजेन्ड’ सांगाकाराले १ सय ३३ टेस्ट म्याचमा १२ हजार ३ सय ५० रन बनाएका छन्। उनले ट्वेन्टी–२० तथा एक दिवसीय क्रिकेटबाट भने यसअघि नै सन्यास लिइसकेका थिए।

यस्तै, अष्ट्रेलियन कप्तान माइकल क्लार्क पनि विहीबार आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै छन्। इंग्ल्यान्डमा जारी एसेस टेस्ट क्रिकेट श्रृंखलाअन्तर्गत् हुने पाँचौ तथा अन्तिम टेस्ट क्लार्कका लागि अन्तिम टेस्ट हुनेछ। क्लार्कले एसेस टेस्टको समाप्तिसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरिसकेका छन्। ५ खेलको एसेस टेस्ट श्रृंखला भने यसअघि नै घरेलु टोली इंग्ल्यान्डले जितिसकेको छ।

अष्ट्रेलियालाई यसै वर्ष घरेलु भूमिमा सम्पन्न एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जिताउँदै उनले एक दिवसीय क्रिकेटबाट भने बिदा लिइसकेका थिए। क्लार्कले अष्ट्रेलियाका लागि १ सय १४ टेस्ट खेल्दै ८ हजार ६ सय २८ रन तथा ३१ विकेट लिएका छन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav