नेपाली क्रिकेट टीमलाइ मलेसिया महोत्सवको लागि बिदाइ  |  Travel to Malaysia

काठमाडौं, श्रावण २८ । मलेसियामा हुने तेस्रो वाइएसडी युथ क्रिकेट कार्निभलमा नेपालको एक टिमले सहभागिता जनाउने भएको छ। क्वालालम्पुरमा हुने क्रिकेट उत्सवमा नेपालको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी)ले सहभागिता जनाउन लागेको हो। नेपाली टोलीले कार्निभलअन्तर्गतको यु–१६ विधामा प्रतिस्पर्धा गर्नेछ। यो विधामा आयोजक मलेसियाको दुई टोली रहेका छन् भने नेपाल र श्रीलंकाबाट एक–एक टोली सहभागी हुनेछन्। यो विधाका खेलहरु १२ ओभरको हुनेछ भने प्रत्येक टोलीबाट ८ खेलाडीले सहभागिता जनाउन पाउनेछन्।
१० खेलाडीसहितको यो टोली आफ्नै पहलमा मलेसिया जान लागेको हो। क्रिकेट उत्सव यही श्रावण ३० देखि भदौ १ गतेसम्म सन्चालन हुनेछ मलेसिया जाने टोलीलाई (केसीटीसी)का अध्यक्ष एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले विहीबार जर्सी हस्तान्तरणसहित बिदाइ गरे।

Comments

Popular posts from this blog

Media society serious exception to obstruction at media houses

Thor Gets Another Haircut