सशोधन प्रस्ताव पारित नगरेसम्म चुनावमा हुदैन

व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान सशोधन प्रस्ताव पारित नगरेसम्म मधेसी मोर्चा कुनैपनि तहको चुनावमा सहभागी नहुने भएको छ । मधेसी मोर्चाको बिहीबार र शुक्रबार बसेको बैठकले चार बुँदे निर्णय गर्दै संशोधन प्रस्ताव पारित विना चुनाव हुन नसक्ने स्पष्ट पारेको हो । बैठकले पुस १८ गते जिल्ला–जिल्लामा खबरदारी गर्ने निर्णय समेत गरेको बैठकमा सहभागी राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले बताए । बैठकपछि भएको पत्रकार सम्मेलनमा मोर्चाको प्रमुख घटक तराई –मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नगरी घोषणा हुने चुनावले समस्या समाधान गर्नुको साटो द्वन्द्व मात्र बढाउने बताए । पत्रकार सम्मेलन वितरित विज्ञप्तीमा संविधान जारी गर्दा नै असन्तुष्टिलाई संविधान संशोधन गरी सम्बोधन गर्ने बाचा गर्ने नेकपा –एमालेले संशोधनलाई रोक्न सदनमा गरिरहेको अवरोध अलोकतान्त्रिक र संसदीय अभ्यासको विपरित रहेको उल्लेख गरिएको छ । मोर्चामा सघीय समाजवादी फोरम, तमलोपा, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, तराई– मधेस सद्भावना पार्टीलगायतका दल आवद्ध छन् ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals