असंवैधानिक प्रस्ताव संसदमा ल्याउनु राष्ट्रको अपमानः

नेकपा एमालेका वरिष्ठ नो एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गलत मनसायसहित आएको संविधान संशोधन प्रस्ताव आपत्तिजनक भएको बताएका छन् । एमालेको केन्द्रीय स्कुल विभागले गरेको ‘दार्शनिक ग्रन्थ्रहरुको लोर्कापण एवं परिचर्चा’ कार्यक्रममा खनालले भने, ‘संविधान संशोधन प्रस्तावलाई फिर्ता लिनुपर्छ । हामीलाई संसद अवरुद्ध पार्नु छैन । चुनावमा जाने वातावरण सरकारले बताउनुपर्छ ।’ 


उनले अहिलेको संविधान संशोधन असंवैधानिक र राष्ट्रहित विपरित रहेको भन्दै यसले राष्ट्रलाई खलल पार्ने र राष्ट्रिय एकता भड्काउने बताए । ‘असंवैधानिक खालको प्रस्तावलाई संसदमा ल्याउनु पनि राष्ट्रको अपमान हो’ उनले भने । खनालले संविधान कार्यान्वयन पहिलो प्राथामिकता रहेको भन्दै अबको अर्जुनदृष्टि निर्वाचन नै भएको बताए । ‘एमालेको अर्जुनदृष्टि चुनावमा छ । सरकारको अर्जुनदृष्टि पनि चुनावमा हुनुपर्छ । यसको विकल्प छैन’ उनले भने, ‘यो भन्दा फरक ढंगल जानु हुँदैन । संविधान कार्यान्वयनको लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्छ, यसमा एमालेको साथ सहयोग रहन्छ ।’ खनालले दर्शनबिना सफल जीवन सम्भव नभएको बताए । कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउन पनि दर्शनको आवश्यकता रहेको उनले औल्याए । 

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals