निःशुल्क डायलोसिस सेवा सञ्चालनका लागि अनुमति दिएको छ ।

कतिपय बिरामी टाढा–टाढाबाट आउन नसक्ने भएका कारण जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै मन्त्रालयले डायलोसिस सेवा थप गरेको हो । डायलोसिस सेवा सञ्चालनका लागि निवेदन दिएका र मापदण्ड पूरा गरेकामध्ये काठमाडौं उपत्यकाबाहिरका स्वास्थ्य संस्थालाई प्राथमिकता दिइएको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए ।
डायलोसिस सेवा सञ्चालनको स्वीकृति पाउनेमा वीरेन्द्र सैनिक अस्पताल, ग्रान्डी इन्टरनेसनल अस्पताल, अल्का, सुमेरु, हिमाल र बयोधा अस्पताल छन् । काठमाडौं उपत्यकाबाहिर अनुमति पाउनेमा रूपन्देहीका गौतमबुद्ध सामुदायिक अस्पताल, सिद्धार्थ सिटी, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेको दाहालले बताए ।
मिर्गाैलाका सबै बिरामीलाई निःशुल्क डायलोसिसको व्यवस्था गर्न सरकारी अस्पतालबाट मात्रै तत्काल सम्भव नभएकाले निजी अस्पताललाई अनुमति दिनुपरेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले ३२ अस्पतालमा निःशुल्क लाडलोसिसको व्यवस्था छ । यीमध्ये चारवटा अञ्चल अस्पताल छन् । बाँकी अञ्चल अस्पतालमा पनि मन्त्रालयले निःशुल्क डायलोसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals