रेखा भन्छिन्, 'आमा बन्ने रहर छ'

हालै राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापाले अब राजनीतिक नायिका बन्ने बताएकी छिन् ।दाङको घोराहीमा शनिबार भएको पत्रकार भेटघाटमा बोल्दै थापाले नीतिनिर्माण तहमा भूमिका खेल्न राजनीतिमा आएको र अब यस क्षेत्रको पनि नायिका बन्ने धारणा व्यक्त गरिन् । ‘चलचित्रमा मात्रै नायिका बनेर महिलाका मुद्दाहरु उठाउन कठिन हुँदोरहेछ,’ उनले भनिन्, ‘अब राजनीतिक रुपमै सम्बोधन गर्ने योजनामा छु । चलचित्रमा मात्रै नायिका भएर पुगेन । अब राजनीतिक नायिका बन्ने छु ।विभिन्न ठाउँमा महिलाहरुले गर्ने गरेका कानुनी र नीतिगत प्रश्नले आफूलाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेको नायिका थापाले बताइन् ।बैवाहिक जीवनबारे सोधिएको प्रश्नमा नायिका थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर रहेको बताइन् । अब विवाह गर्ने समय पनि आएको र मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने उनले जानकारी दिइन् । दाङको कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी थापाले राजनीतिक भेटघाटलाई पनि महत्व दिएकी छिन् ।


Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Media society serious exception to obstruction at media houses

Bollyhood Om Puri dies