सरकारी गाडीमाआगजनी

एमालेको भ्रातृ संगठन युवा संघका कार्यकर्ताले शुक्रबार नयाँ बानेश्वरनजिकै एक सरकारी गाडीमा आगजनी गरेका छन् । अर्को एक गाडीमा तोडफोड गरिएको छ । अल्फाबिटा हाउसनजिकै सडकमा रोकिराखेको बा.१झ १३९२ नम्बरको सेतो प्लेटको गाडीमा आगजनी गरिएको हो । उक्त गाडीमा बागमती सभ्यता एकीकृत समितिका अध्यक्ष किशोरकुमार शाक्य इन्द्रेणी फुडल्यान्डमा आयोजित सडक बोर्डको कार्यक्रममा सहभागी हुन पुगेका थिए । तोडफोड गरिएको बा.२झ १०५५ नम्बरको अर्को गाडी सडक विभागको रहेको प्रहरीले जनाएको छ । केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बाँकेमा बिहीबार खुकुरी प्रहार भएको विरोधमा युवासंघले शुक्रबार बानेश्वरमा प्रदर्शन गरेका थियो । सो क्रममा संघका कार्यकर्ताले सडकमा राखिएको गाडी तोडफोड गरेको अनुसन्धानमा आवद्ध प्रहरी अधिकारीहरुले बताएका छन् । तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले सरकारी गाडीमा आगजनी गर्नेहरुबारे नखुलेको दाबी गरे । ‘हामी अनुसन्धानकै क्रममा छौँ, दोषीको खोजतलास भइरहेको छ,’ दवाडीले भने, ‘पत्ता नलगाई केही भन्न सकिँदैन ।’ एक्कासी केही व्यक्ति आएर गाडीमा आगो लगाएर भागेको प्रहरीको भनाइ छ । युवासंघका कार्यकर्ताले सरकारी गाडीमा आगजनी गरेको विषयमा एमाले नेताहरुले पार्टीमा छलफल हुने बताएका छन् । एमालेका युवा नेता रवीन्द्र अधिकारीले घटनापछि ट्वीट गरको छन्, ‘गलत गर्नेलाई हदैसम्मको प्रशासनिक कारबाही होस् । पार्टीले छानबिन गरी कारबाही गर्नेछ ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals