पर्यटन बोर्डले २०१७ लाई भिजिट नेपाल रुपमा मनाउने

नेपाल पर्यटन बोर्डले अंग्रेजी नयाँ वर्ष २०१७ लाई भिजिट नेपाल—यूरोप वर्षको रुपमा मनाउने भएको छ । बोर्डको १८ औं बार्षिकोत्सवका अवसरमा राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले सन् २०१७ मा नेपालको पर्यटन व्यवसाय अघिल्लो बर्षको तुलनामा ३० देखि ४० प्रतिशत बढाउने लक्ष्य राखेको बताउनुभयो । कार्यक्रममा बोर्डका अध्यक्ष शंकरप्रसाद अधिकारीले पर्यटक संख्या वृद्धिको लक्ष्य पुरा गर्नका लागि नेपाल सरकारले हवाई उड्डयनको संरचनात्मक साथै आर्थिक व्यवस्थापनमा समेत ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । २०१७ मा बोर्डले आयरल्याण्ड, बेल्जियम, रसिया, नेदरल्याण्डस्, स्पेन, र डेनमार्क लगाायत यूरोपेली देशमा भिजिट नेपाल—यूरोप अभियान चलाउने तयारी गरेको छ । 

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015