नेता भण्डारीले भने, 'संशोधन प्रस्ताव कुनै हालतमा पास हुन दिदैनौं'

कांग्रेस नेता चन्द्र भण्डारीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताएका छन् ।प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले देशको हित र नागरिकको चाहनाविपरीत संशोधन प्रस्ताव आएकाले यसलाई विफल पार्ने बताए ।  संशोधन प्रस्तावमा कांग्रेस नेतृत्वको समर्थन रहे पनि कांग्रेसको नीति वा निर्णय नभएकाले पार्टीले ह्वीप लगाए पनि यसलाई कुनै हालतमा नमान्ने उनको जीकिर छ ।
नेता भण्डारीले संशोधन प्रस्ताव भरसक छलफलमै जान नदिने र गइहाले पनि विपक्षमा उभिने बताए । ‘शेरबहादुर देउवाको ९९ दशमलव ९८ प्रतिशत कुरा र समय मान्छु तर २ सेकेण्ड उहाँको कुरा मान्दिनँ’ उनले भने, ‘त्यतिबेला नागरिक र प्रदेशको हित सम्झने छु र विरोधमा उत्रने छु ।’ नेता भण्डारीले ९१ प्रतिशत प्रतिनिधिले पास गरेको संविधानलाई कसैले भनेको, कसैलाई गुण लाउने र कसैको ठेक्का लिने आधारमा संशोधन गर्न नहुने बताए । प्रदेश नम्बर ५ टुक्राउने कुराले तराई र पहडलाई अलग गर्ने रोग देशभर सरेको र नागरिकता विधेयक संशोधनले धेरै विदेशी नेपाली नागरिक बन्ने खतरा बढेको नेता भण्डारीको तर्क छ ।

संविधान संशोधन गर्दा हुने खतरा नेतृत्व सम्हालेका शेरबहादुर र प्रचण्डले नबुझेको भन्दै उनले बुझाउन आफूसहितका नेता अहिले लागीपरेको र जनमत पनि बढ्दै गएको बताए ।  ‘तराईका हरुवा नेताहरुलाई उचालेर नेपाललाई अनावश्यक विवादमा फसाउने र कमजोर तुल्याउन खोज्ने दिल्लीलाई जवाफ दिन पनि संशोधन विधेकलाई असफल बनाउने छौं’ नेता भण्डारीले भने । संशोधन विधेयक असफल भने मात्रै तराईमाथिको कुदृष्टि हट्ने र दिल्लीले नेता होइन नेपाली जनतासितको सम्बन्ध बढाउने उनले तर्क गरे । ‘छिमेकीले नेपाली नागरिक राष्ट्रियताका लागि कन्सन्स छन् भन्ने बुझ्नेछन्’ उनले भने, ‘तराई बलियो हुनेछ, सीमा मिचिने छैन, बाढी पस्ने छैन, सुस्तावासीलाई झुटा मुद्दा पनि लाग्ने छैनन् ।’
पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका अर्का नेता तथा रोल्पाका सांसद अमर पुनले संशोधन प्रस्तावले रोल्पावासीसँगै देशवासीकै हित नगर्ने भएकाले विपक्षमा लागेको बताए । कांग्रेकै कतिपय नेताले एमालेको पछि लागेको आरोप लगाएको बताउँदै उनले प्रदेश टुक्रन नदिने आम प्रदेशवासीको माग भएकाले प्रदेश बचाउन नागरिकको जस्तोसुकै कदममा साथ दिने बताए ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner