हाते कागज उद्योग पुनः सञ्चालनमा

स्थानीयस्तरमा पाइने कच्चापदार्थ लोक्ताबाट उत्पादन हुने नेपाली कागज बजारमा लोप हुँदै गइरहेको बेला दोलखाको जिरी नगरपालिका–३ कात्तिकेमा ८४ लाख रुपैयाँको लगानीमा एवि नेपाली कागज पुनः सञ्चालनमा आएको छ । विनाशकारी भूकम्पमा सबै भौतिक संरचना गुमाएपछि पूर्णविराम लागेको उद्योगलाई आर्थिक सम्भावना खोजे स्वदेशी माटोमा नै सुन फलाउन सकिन्छ भन्ने उद्देश्यका साथ हिमाली आयोजनाको सहकार्यमा सञ्चालनमा ल्याएकोे उद्योगले बताएको छ । गाउँघरमा सामान्य अंशबण्डदेखि सामाजिक कार्यको लेखाराख्न समेत नेपाली कागजको प्रयोग गरिन्थ्यो तर अहिले नेपाली कागजको अभावमा बजारमा पाइने सामान्य कागजको प्रयोग बढ्दो छ । अन्य कागजको तुलनामा महँगो अझै पनि सरकारी कामकाजका लागि नेपाली कागजको नै प्रयोग हुन्छ । तर यसको मूल्य अन्य कागजको तुलनामा निकै महँगो छ, भने माग अनुसार बजारमा पाउन पनि कठिन छ । नेपाली कागज उत्पादन उद्योग पनि विस्तारै विस्तापित हुने क्रम बढ्दो छ । हिमाली आयोजनाको ४९ लाख र बाँकी साझेदारीबाट गरी जम्मा ८४ लाखको लगानीमा एवि नेपाली कागज उद्योगलाई सञ्चालन गरेको लगानी कर्ता डबल श्रेष्ठले बताए । २०६९ सालमा उद्योग दर्ता गरी सञ्चालन गरेको भए पनि विनाशकारी भूकम्पले सबै भौतिक संरचनामा क्षति पुर्‍याएपछि उद्योग सञ्चालनमा पुर्णविराम लागेको थियो । भूकम्पका कारण ३२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको श्रेष्ठले बताए । उद्योग दर्ता प्रक्रियाको लागि श्रेष्ठले धेरै चुनौतीसँग सामना गर्नुपरेको थियो । ३१ जना महिलाले रोजगार पाउने उद्योगले दक्ष जनशक्ति उत्पादनको लागि ४५ दिने तालिम समेत सञ्चालन गरीरहेको छ । कागज उद्योगका अनुसार यो सजिलो र हलुङ्गो काम भएका कारण तालिममा सहभागी भएका ३१ जना महिलाले पनि रोजगार पाउने छन् । उद्योगका लागि ‘न कच्चा पदार्थको नै खाँचो रहन्छ, न त बजार’को समस्या । अबको दुई सातापछिबाट जापानी प्रविधि र ट्रेडसन प्रविधि गरी दुई प्रकारले कागज उत्पादन हुने अर्का लगानी कर्ता विष्णुबहादुर खड्का बताउछन्। ‘न त मलजल गर्नुपर्छ न त गोडमेल’ पैसाको लागि विदेशी भूमीमा पसिनाको सिँचाइ हैन, आफ्नै माटोमा पौरखी हात खियाउन सके सम्भावना बलियो छ । कागज उत्पादनको लागि आवश्यक कच्चापदार्थ लोक्ता बाँजो जग्गामा लगाउन सके त्यहाँ नै पैसा फल्छ । लोक्ताको लागि ‘न त मलजल गर्नुपर्छ न त गोडमेल’ । यस तर्फ कसैको पनि ध्यान जान सकेको छैन । जति पनि लोक्ता एवि नेपाली कागज उद्योगले खरिद गर्न तयार छ । तर नेपाली समाज सम्भावन खोज्न हैन विदेश ताक्ने तर्फ बढी उत्पेरित छ । उद्योगको मुख्य उद्देश्य सबै युवालाई स्वरोजगार बनाउने र बजारकोे माग अनुसार आधुनिक तरिकाबाट कागज उत्पादन गर्ने रहेको केशव खड्काले बताए । व्यावसायिक रुपमा कागज उत्पादन गर्ने उद्योगले अहिले कच्चा पदार्थको लागि दोलखा र रामेछापको विभिन्न क्षेत्रमा उत्पादित लोक्त खरिद गर्ने गरेको छ भने एक सय ५० रोपनी क्षेत्रफलमा उद्योग आफैँले पनि लोक्ता खेतीसँगै अघि बढाएको छ । तालिम अवधि समाप्त हुन साथ व्यावसायिक रुपमा नेपाली कागज उत्पादनको काम सुरु हुने उद्योगले जानकारी दिएको छ । ३ देखि ५ लाख मूल्य बराबरको कागज उत्पादन हुने नेपाली कागज उत्पादनका प्रशिक्षक पुस्कार अधिकारीका अनुसार मासिक तीन लाख देखि पाँच लाख रुपैयाँ मूल्य बराबरको कागज उत्पादन हुने छ । व्यावसायिक नेपाली कागज उत्पादन मात्र हैन, यहाँ नेपाली कागज उत्पादनका लागि प्रशिक्षण केन्द्रको रुपमा सञ्चालन गर्न सकिने सम्भावना पनि उत्तिकै छ । 

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner