बन्दैछ मेची–काली रेलमार्ग

मेची महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि सागरनाथ वन विकास परियोजनाअन्तर्गतका वनमा पर्ने उक्त रुखहरु काट्न मन्त्रालयसँग स्वीकृति मागेको हो । ‘मेची महाकाली रेलमार्गअन्तर्गत वर्दिबास–सिमरा खण्डमा पर्ने सागरनाथ वन विकास परियोजनाका रुखहरु काट्न सिफारिस मागिएको छ,’ विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले भने, ‘मन्त्रालयले स्वीकृति दिनासाथ काम अघि बढ्छ।’
स्वीकृतिका लागि विभागले पठाएको पत्र भने वन मन्त्रालयका सचिवको टेबुलमा थन्किएको छ। वन मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर पारित गराउनु पर्ने उक्त पस्ताव मन्त्रालयका सचिव कृष्णचन्द्र पाैडेल माघ २ गते अवकाशप्राप्त भएपछि अलपत्र परेको हो।
सचिवको अवकाशपछि मन्त्रालयले सहसचिव डा. पेम नारायण कँडेललाई निमित्त सचिवको जिम्मेवारी दिएको छ। निमित्त सचिवले भने आफूले अध्ययन गरेर उक्त प्रस्तावमा चाँडै निर्णय लिने जानकारी दिए। सागरनाथ परियोजनाअन्तर्गत सर्लाही र महोत्तरीमा पर्ने वनमा  करिब १ लाख ५० हजार क्युविक फिट काठ काट्न विभागले प्रस्ताव गरेको हो।
वन क्षेत्रभित्र पर्ने रुख काट्ने अनुमति दिन भइरहेको भए पनि रुखविरुवा नभएका ठाउँ, खोलानालमा समेत काम गर्न मन्त्रालयले स्वीकृति प्रदान नगर्दा सिभिल निर्माणतर्फको काम अघि बढ्न नसकेको विभागको गुनासो छ।
रुख नभएका खाली ठाउँमा निर्माण कार्य अघि बढाउन स्वीकृति दिन उच्च स्तरीय समितिले मन्त्रालयलाई निर्देशसन दिएको थियो। तर, मन्त्रिपरिषद्ले नै त्यस्तो प्रस्ताव पारित गर्नुपर्ने भन्दै मन्त्रालयले हालसम्म स्वीकृति दिएको छैन।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015