गुडिरहेको रेलमा सेल्फी : ज्यानै गयो

दिल्लीमा एक किशोरको समूह होडबाजी गर्दै गुडिरहको रेलसँग सेल्फी लिन रेलको लिगमा पुगेका थिए ।फोटो लिने क्रममा उनीहरुले आफू नजिकै रेल आईरहेको देखेका थिए, रेल आएको देखेर तुरुन्त लिग बाहिर निस्किएका उनीहरु मध्ये दुई जनाको भने विपरीत दिशाबाट आएको रेलले किचेर मृत्यु भएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रेल वे पुलिस अधिकृतले जनाए अनुसार फोटो खिच्नको लागि उनीहरुले व्यवसायिक क्यामरा भाडामा लिएका थिए । घटनास्थलबाट प्रहरीले लिएको उक्त क्यामरामा कैद भएको भिडियोमा ती किशोरहरु पालै पालो एक लिगबाट अर्को लिगमा हामफालेको देखिएको प्रहरीले जनाएको छ । 

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav