माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ : चीन र भोट युद्धको सम्झनामा


जिल्लाको दक्षिण तारुका र उत्तरी भेग नुवाकोट-रसुवा सीमा बेत्रावतीमा गोरु जुधाइएको हो । माघे संक्रान्तिको अवसरमा नुवाकोट र रसुवाको सीमास्थल बेत्रावतीमा ११ हल गोरु जुधाइयो भने तारुका-५ चाँदनीको ठूलो पाटोबारीमा १८ हल गोरु जुधे । त्यो अवलोकन गर्न हजारौं दर्शक आएका थिए । माघे संक्रान्तिका दिन घरमा घिउ, चाकु, तरुल, खिचडी खाएर मनाइने गोरु जुधाईको प्रचलन रसुवा—नुवाकोट सीमा बेत्रावतीमा कायम नै रहेको छ। आफ्ना सन्तानझैं स्याहार र सुसार गरेर हुर्काएका गोरुधनीले जुधाउनकै लागि गोरु पाल्ने चलन छ । 
बेत्रावतीमा नेपाल–चीन र भोट युद्धपछि सम्झौता भएको सम्झनामा हरेक वर्ष माघ १ गते गोरु जुधाउने चलन छ । सन्धीपछि त्यतिबेला बूढापाकाले तीन हल गोरु खेतको गह्रामा जुधाएको किंवदन्ती रहेको स्थानीय चक्रबहादुरले बताए । गोरु जुधाई प्रतियोगिता हेर्नका लागि काठमाडौं, धादिङ, ललितपुर, नुवाकोट र रसुवा लगायत ठाउँबाट हजारौं दर्शकहरु आएका थिए । 
त्यसैगरी जिल्लाको दक्षिण भेग तारुकामा १८ हल गोरु जुधाइएको थियो । त्यहाँको गोरु जुधाई एकसय वर्ष पुरानो भएको स्थानीय बुढापाकाहरु बताउँछन् । किंवदन्ती अनुसार उता तारुकामा भने बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा वि.सं १९७८ मा नुवाकोटको तारुका–५ चाँदनीमा मामाले भाञ्जाको स्वागत गर्न बाजागाजासहित गोरु जुधाएको थिए । यो परम्परा तारुकाको स्थानीय झिंकटी घरबाट सुरु भएको थियो ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals