७० प्रतिशत नेपालीको बैंक खाता यसै बर्षभित्र

अर्थमन्त्री कृष्ण बहादुर महराले समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालिन कार्यान्वयन कार्ययोजना २०७३ सार्वजनिक गर्दै यसै आव भित्र ७० प्रतिशत नेपालीको बैंक खाता खोलिसक्ने घोषणा गरेका हुन् । मन्त्री महराले द्धन्द्धकालमा विस्थापित भएका बैंकका शाखाहरु पुनस्थापित गर्ने, बैंक तथा वित्तिय संस्थाहरुलाई गाउँगाउँमा शाखा विस्तार गर्न प्रोत्साहन गर्ने, वित्तिय साक्षरता अभियानलाई तिब्र बनाउने लगायतका योजना मार्फत ७० प्रतिशत नेपालीको बैंक खाता खोलिसक्ने दावी गरेका हुन् । उनले एक व्यक्ति एक बैंक खाता कार्यक्रम अन्तर्गत शुन्य मौज्दातमा खाता खोल्ने अभियान चलाउने र सो वापतको सेवा शुल्क बैंक तथा वित्तिय संस्थालाई सरकारले नै उपलब्ध गराउने नीति रहेको पनि जानकारी गराए । राष्ट्रिय बाणिज्य बैंकले द्धन्द्धकालमा विस्थापित आफ्ना ६५ शाखा पुनस्थापित गराउने तयारी अघि बढाएको जानकारी पनि मन्त्री महराले दिएका थिए । ग्रामिण क्षेत्रमा पुगेर उत्पादन मुलक क्षेत्रमा केन्द्रिय बैंकले तोके भन्दा बढि कर्जा प्रवाह गर्ने बैंकलाई प्रोत्साहन उपलब्ध गराउने पनि उनले घोषणा गरे । उनले ब्याजदर करिडोरलाई कडाईका साथ लागु गर्ने, बैंक तथा वित्तिय संस्थाहरुमा रहेको २ लाखसम्मको निक्षेप सुरक्षणलाई थप प्रभावकारी बनाउने, मझौला उद्यम कर्जा र लघुवित्त विपन्न कर्जाको सुरक्षण अनिवार्य गर्ने पनि बताए । त्यस्तै, एक बैंक शाखा एक नमुना कार्यक्रम सञ्चालन गरेर ग्रामिण अर्थतन्त्रलाई उकास्ने पनि मन्त्री महराको कार्ययोजनामा समेटिएको छ । 

Comments

Popular posts from this blog

Fixtures, ICC WCL Div- 2, 2015

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time