नेप्से सामान्य अंकले ओरालो

बजारमा कारोबार शुरु भएको एक घण्टामै नेप्से परिसूचक घटेर १४५७ अंकमा पुगेको थियो । त्यस पछिको कारोबारमा भने परिसूचकलाई केही टेवा पुगेको देखिन्छ । बजार बन्द हुँदा नेप्से परिसूचक शून्य दशमलब ८१ अंकले घटेर १४६२ दशमलब २३ अंकमा अडिएको छ । सामान्य अंकले घटेको बजारमा ३० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी प्रभु बैंकको ३ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता ३४७ रुपैयाँ रहेको छ । सो दिन कुल १३३ कम्पनीको १२ लाख १७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब ९ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ८६० रुपैयाँ रहेको छ । सोही बजारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ रहेको छ । त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । बुधबार इन्स्योरेन्स र विकास बैंक समूूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बीमा समूहको परिसूचक ६६ अंकले र विकास बैंक समूूहको परिसूचक ६ अंकले उकालो लागेका हुुन् । होटल र उत्पादनमूलक समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् 

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015