चौथो चिनियाँ जहाज नेपालमा ल्याईयो

नेपाल वायुसेवा निगमले  चीनको कुन्मिङबाट सोमबार १७ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको जहाज बुधबार दिउँसो ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो। ‘यो जहाजले १० दिनपछि नियमित व्यावसायिक उडान सुरु गर्ने छ।’उनका अनुसार यो जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘९एन–एकेटी’ कलसाइन दिएको छ भने निगमले जहाजको नाम गौंथली राखेको छ। उक्त जहाजलाई नेदरल्याण्डका क्याप्टेन रोबर्टुस भर्बोङ्क र को–पाइलट मार्क एबोन्चरले उडाएर काठमाडौं ल्याएका थिए।कुन्मिङबाट सोमबार उडेको जहाज म्यानमारको रंगुन हुँदै मंगलबार भारतको कोलकाता आएको थियो। कोलकाताबाट बुधबार काठमाडौं आएको हो। नेपाल र चीनबीच करिब साढे ६ अर्ब रूपैयाँ बराबरकाे ऋण तथा अनुदान सम्झाैताअनुरूप याे जहाज अाएकाे हाे। अब निगमले यस्तै दुर्इ अाेटा जहाज ल्याउन बाँकी छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav