विदेश जना लाखौ लाख तिर्दा पनि सुरक्षागार्ड कामविहीन

वैदेशिक रोजगारमा जाने कामदारका लागि लागत खर्च नि:शुल्क भए पनि म्यानपावर कम्पनीहरूले आकर्षक तलब र सेवासुविधा देखाएपछि उनीहरू ८ लाख रुपैयाँसम्म बुझाएर यूएई पुगेका हुन् । 
कम्पनीले मासिक ४ हजार दिराम  सम्म तलब दिने भनेपछि उनीहरूले म्यानपावरलाई मागे जति रकम बुझाएका हुन् । कम्पनीले काम दिन नसकेपछि स्वदेश फिर्ता गर्ने तयारी गरेको छ । पीडित कामदारलाई काम दिलाउन दूतावासका तर्फबाट निरन्तर प्रयास भइरहेको छ ।’
पीडितहरू समस्या समाधानका लागि दुई सातादेखि दूतावास धाइरहेका छन् । काम नपाउनेमा मोरक्को र युगान्डाका थप एक सय २५ नागरिकसमेत छन् । 
फसेका कामदारमध्ये एसआरएस म्यानपावरले ५४, सुमेरा नेपालले २४ र अल सेक्युअर म्यानपावरले ९ कामदार पठाएका हुन् । त्यसबाहेक ३७ जनालाई श्रम स्वीकृति नलिई दुबईमा रहेको ग्लोबल एजेन्सीले भिजिट भिसामा अवैध रूपमा ल्याएको थियो । भिजिट भिसामा जानेहरूले थप रकम बुझाउनुपरेको छ ।
श्रम सहचारी कार्कीले भिजिट भिसामा ल्याउने कम्पनी र लाखौं रुपैया असुल गरेर पठाउने म्यानपावरमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘सम्झौताअनुसारको काम दिलाउन कम्पनीको उच्च व्यवस्थापनसँग कुरा भइरहेको छ । उसले बोर्ड बैठकबाट समस्या सुल्झाउने प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले भने ।
उनीहरूलाई पठाउने म्यानपावरलाई सम्पर्क गर्दा उपलब्ध हुन सकेनन् । वैदेशिक रोजगार विभागले यस विषयलाई गम्भीर रूपमा छानबिन गर्ने जनाएको छ ।वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले छानबिन गर्दा १० हजारभन्दा बढीको बिल भेटिए कारबाही गर्नुपर्ने बताए । ‘सुरक्षागार्डमा जानेले ८ लाख बुझाएको बिल छ कि छैन, छ भने कारबाही हुनुपर्छ । सबैलाई रकम फिर्ता हुनुपर्छ र म्यानपावरको लाइसेन्स खारेज गर्नुपर्छ,’ उनले भने, ‘सरकारले कामदारले दिएको रकमको बिल हुनुपर्ने व्यवस्था गरिदिए कोही उम्किन सक्दैन ।’

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015